+
+

काठमाडौंमा अग्रता बढाउँदै बालेन र सुनीता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ८:२६

१ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदमा बालेन्द्र साह (बालेन) ले ६७४ मतको अग्रता लिएका छन् । ४ हजार ६४६ मत गन्दासम्म बालेन्द्रले मतान्तर बढाउँदै लगेका छन् ।

विहान सवा सात बजेसम्मको मत परिणामअनुसार बालेन्द्रले १ हजार ७०६ मत पाएका छन् । बालेन्द्रलाई पछ्यारहेका एमालेका केशव स्थापितले १०३२ मत ल्याएका छन् ।
कांग्रेसकी सिर्जना सिंहले ८६४ मत ल्याएर तेस्रो स्थानमा छिन् । राप्रपाका मदनदास श्रेष्ठले १९९ मत ल्याएका छन् ।

उपमेयरमा एमालेकी सुनीता डंगोलले १ हजार ८५२ मत ल्याएर प्रतिद्वन्द्वीसँग ठूलो मतान्तर कायम गरेकी छिन् । उनकी निकटम प्रतिद्वन्द्वी एकीकृत राप्रपाकी विनिता मगैयाले ६४४ र एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ५३९ मत पाएका छन् ।

अहिले राष्ट्रिय सभागृहमा १,२,३,४ र ३२ वडाको मत गणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?