+
+

डोटीको बडीकेदार गाउँपालिकामा कांग्रेस विजयी

रामहरि ओझा रामहरि ओझा
२०७९ जेठ १ गते ११:१०

१ जेठ, डोटी । डोटीको बडीकेदार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन अधिकृत बसन्तकुमार बोहराले दिएको जानकारी अनुसार नेपाली कांग्रेसका उम्मेदवार भैरवबहादुर साउँद २ हजार ३४३ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । नेपाली कांग्रेसको क्षेत्रीय सभापति समेत रहेका साउँद २०५४ सालको स्थानीय तह निर्वाचनमा साविकको घाङल गाउँविकास समितिको उपाध्यक्ष थिए ।

साउदका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका चक्रबहादुर घर्तीमगरले १ हजार ६८४ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार डम्मरी विष्टले २ हजार ४०७ मत ल्याई विजयी भएकी छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सपना सिराडीले २ हजार २७६ मत प्राप्त गरेकी छन् ।

पाँच वडा रहेको बडीकेदार गाउँपालिकामा दुई वडामा कांग्रेस, दुई वडामा एमाले र एक वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । वडा नं. १ मा कांग्रेसका उम्मेदवार डम्मरबहादुर बोहराले ५३० मत ल्याई विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका धनसिंह बोहराले २८७ मत प्राप्त गरेका छन् ।

वडा नं. २ मा नेकपा माओवादी केन्द्रका उम्मेद्वार प्रेमबहादुर घर्तीमगर ४०५ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । घर्तीमगरलाई पछाउँदै एमालेका नवराज विष्टले २६० मत प्राप्त गरे ।

वडा नं. ३ मा कांग्रेसका रामबहादुर गुरुङ्गले ५६२ मत ल्याई विजयी भए । उनको प्रतिद्वन्दी एमालेका नन्दराम बुढामगरले चार सय ९८ मत पाए । यस्तै, वडा नं. ४ मा एमालेका कर्णबहादुर जेठारा ५३२ मत लाई विजयी भएका छन् । उनका प्रतिस्पर्धी निवर्तमान वडाध्यक्ष एवं कांग्रेसका उम्मेदवार बिरेन्द्रबहादुर कोट्केनीले ४६८ मत प्राप्त गरेका छन् ।

वडा नं. ५ का एमालेका पदमसिंह बोहराले ६ सय ५८ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिस्पर्धी कांग्रेसका टोपबहादुर चन्दले ६ सय १४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?