+
+

पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता कायमै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १८:२३

१ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीले आफ्नो अग्रता कायम राखेको छ । आइतबार साँझसम्म ३ हजार ५०० मत गनिसक्दासम्म एकीकृत समाजवादीका धनराज आचार्यले ९९ मतले अग्रता लिएका छन् ।

आचार्यले १ हजार ३४९ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका कृष्ण थापाले १ हजार २५० मत ल्याएका छन् । मेयर पदका अन्य उम्मेदवार शंकर खरालले १९३ र स्वतन्त्र उम्मेदवार खड्कराज पौडेलले ७३ मत ल्याएका छन् ।

उपप्रमुखमा ४५ मतान्तरले नेपाली कांग्रेसकी कोपिला रानाभाट अगाडि छिन् । उनले १ हजार ४५० मत ल्याउँदा नेकपा एमालेकी मञ्जुदेवी गुरुङले १ हजार ४०५ मत ल्याएकी छन् ।

पोखरामा मेयर र उपमेयरका लागि नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन गरेका छन् । अहिले महानगरको १, २, १२, २३, २४ र २५ वडाको मतगणना भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?