+
+
WC Series
काठमान्डु गोर्खाज 2025
111/10 (19.1)
VS
Lumbini Lions won by 4 wickets
Won लुम्बिनी लायन्स 2025
112/6 (17.4)
Shares

नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालयको क्षेत्रीय कार्यालय नेपालमा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १६ गते १८:४४

१६ जेठ, काठमाडौं । भारतको नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालय (एनआईयू)ले नेपालमा पनि क्षेत्रीय कार्यालय स्थापना गरेर विस्तार गरेको छ । काठमाडौंमा रहेको इ-स्पट ग्रुपसँग मिलेर एनआईयूले सेवा सुरु गरेको हो ।

सोमबार नोयडा अन्तर्राष्ट्रिय विश्वविद्यालयका उपकुलपति प्रा.डा. उमा भारद्वाज र इ-स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् ।

उद्घाटन कार्यक्रममा विश्वविद्यालयकी उपकुलपती भारद्वाजले नेपालमा खोलिएको शाखाले दुई देशको सम्बन्धलाई बलियो बनाएको बताइन् । उनले भनिन्, ‘विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीले यो भन्दा अघि धेरै खालको दुःख भोग्नुपरेको थियो । तर अब नेपालमा नै सबै जानकारी पाइने भएपछि उनीहरुले कुनै किसिमको समस्या खेप्नु पदैन ।’

कार्यक्रममा पोखरा युनिर्भसिटिका उपकुलपति प्रा. डा. प्रेमनारायण अर्यालले चाँडै नै पोखरा युनिर्भसिटीले पनि एनआईयूसँग सहकार्य गरी पठन पाठन अगाडि बढाउने बताए ।

इ–स्पट ग्रुपका प्रबन्ध निर्देशक राकेशकुमार वैद्यले एक लाख भन्दा बढी विद्यार्थीलाई विदेशमा पढ्न पठाइसकेको जानकारी दिँदै भोलिको दिनमा यो कार्यले अझ निरन्तरता पाउने बताए । कार्यक्रममा विश्वविद्यालयको पाठ्यक्रम, शैक्षिक उत्कृष्टता, पूर्वाधारको बारेमा पनि छलफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?