+
+

नलगाडको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १०:४३

३ जेठ, जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकाको मेयरमा नेकपा (माओवादी केन्द्र)का डम्बरबहादुर रावत फराकिलो अन्तरले निर्वाचित भएका छन् । रावतले प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीलाई १९७३ मतान्तरले पराजित गरेका हुन् ।

माओवादी केन्द्रका रावतले ५५९९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका धर्मबहादुर शाहीले ३६२६ मत पाए ।

उपप्रमेयरमा भने नेपाली कांग्रेसकी सुरिता सिंहले ५४०६ मतका साथ विजयी भएकी छन् । उनले प्रतिस्पर्धी नेकपा एमालेकी सुनिता बोहरालाई २०१३ मतान्तरले पराजित गरिन्।

एमालेकी बोहराले ३३९३ मत प्राप्त गरेकी छन् । नलगाड नगरपालिकामा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले चुनावी तालमेल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?