१७ असाेज, हेटाैंडा । मधेश प्रदेशकाे बारामा जितिया पर्वका अवसरमा नुहाउने क्रममा माछा पोखरीमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा देवताल गाउँपालिका-६ रौवाही बस्ने भोला पटेलकी १४ वर्षीया छोरी निशा पटेल र सोही स्थानका राजेश पटेलकी १४ वर्षीया छोरी चाँदनी पटेल रहेकाे जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएकाे छ ।
जिल्लाको देवताल गाउँपालिका-६ जबकास्थित राजेन्द्र कुर्मीको माछा पोखरीमा आज शनिबार साँझ नुहाउने क्रममा दुई बालिका बेपत्ता भएका थिए ।
आफन्त र स्थानीयसमेतको सहयोगमा खोजी गर्ने क्रममा साँझ करिब ६ बजे पोखरीमा दुवै बालिका मृत अवस्थामा फेला परेकाे बारा प्रहरीले जनाएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4