+
+
Shares

बाढी पीडितलाई महागढीमाई नगरपालिकाको ४१ लाख सहयोग

बाराको महागढीमाई नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावितका लागि ४१ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ १६ गते १३:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको महागढीमाई नगरपालिकाले भोटेकोशी बाढी प्रभावितका लागि राहत, उद्धार र पुनःस्थापनामा ४१ लाख ५१ हजार रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ।
  • नगर प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार यो रकम कर्मचारी, जनप्रतिनिधि र विपद् व्यवस्थापन कोषबाट जुटाएर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिनेछ।
  • उनले भने, ‘विपद्को यस घडिमा देशभरीबाट यथासक्य सहयोग पठाउन आवश्यक ठानेर हामीले पनि रकम पठाउने निर्णय गरेका छौं’।

१६ भदौ, बारा । बाराको महागढीमाई नगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावितका लागि ४१ लाख ५१ हजार रुपैयाँ सहयोग प्रदान गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख उपेन्द्रप्रसाद यादवका अनुसार नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि र विपद् व्यवस्थापन कोषबाट उक्त रकम भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुर्नस्थापनाका लागि प्रदान गर्ने निर्णय गरिएको हो ।

नगरपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नेछ। ‘विपद्को यस घडिमा देशभरीबाट यथासक्य सहयोग पठाउन आवश्यक ठानेर हामीले पनि रकम पठाउने निर्णय गरेका छौं’ नगर प्रमुख यादवले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?