+
+
Shares

बारामा ३ वर्षीया बालिका हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३ गते १५:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाका दोषीलाई कडा कारबाही गर्न सांसदहरूले माग गरेका छन् ।
  • रास्वपा सांसद रहबर अन्सारीले बालिका हराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट खोजी वा कारबाही अघि नबढाइएको बताए ।
  • प्रहरीको प्रारम्भिक अनुसन्धानमा जितपुरसिमरा–१ की गरिमा चौधरी साउन ३१ गते घरबाट हराएकी र मंगलबार खाली कोठामा शव फेला परेको खुलेको छ ।

३ भदौ, काठमाडौं । सांसदहरूले बारा जिल्लाको सिमरामा ३ वर्षीया बालिकामाथि भएको जघन्य अपराधको घटनाका दोषीलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनीहरूले उक्त घटनामा प्रहरी प्रशासनको समेत कमजोरी देखिएको भन्दै घटनाको छानविन गरि दोषीलाई कडा भन्दा कडा कारवाही गर्न माग गरेका हुन् ।

बैठकमा रास्वपा सांसद रहबर अन्सारीले ३ वर्षीया अबोध बालिकाको बलात्कारपछि निर्मम हत्या भएको घटनामा बालिका हराएको जानकारी गराएको २४ घण्टासम्म पनि इलाका प्रहरी कार्यालय सिमराबाट कुनै खोजी वा कारबाही अघि नबढाइएको बताए ।

घटना दर्ता भएपछि प्रत्येक घण्टा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ’एक्सन लग’ सार्वजनिक गर्नुपर्ने र दोषी प्रहरी अधिकारीहरूमाथि कारबाही हुनुपर्ने उनले माग गरे ।

उनले सीमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा यस्ता जघन्य अपराध रोक्न गृह मन्त्रालयलाई तत्काल गम्भीर हुन आग्रह समेत गरे ।

अन्य सांसदहरूले पनि उक्त घटनाका दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।

सिमरामा मृत अवस्थामा फेला परेकी तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

प्रहरीका अनुसार जितपुरसिमरा–१ दसधुरीकी मनमती चौधरीकी तीन वर्षीया छोरी गरिमा चौधरी साउन ३१ गते बिहान घरबाट हराएकी थिइन् । उनको शव मंगलबार एउटा घरको खाली कोठामा फेला परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?