+
+
Shares

रास्वपाले बारा जिल्ला समिति बनाएन, वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय

केन्द्रीय नेताहरूसहित हिजो भएको विस्तारित बैठकले तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशनमा लाग्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १० गते १२:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ।
  • पार्टीले बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो।
  • वडा र पालिका अधिवेशन जेठ १२ र १३ गते गरी पालिका अधिवेशन जेठ १७ गते गर्ने निर्णय गरिएको छ।

१० जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बारा जिल्ला समितिको तदर्थ समिति गठन नगरी वडा र पालिकाको अधिवेशनमा केन्द्रित हुने निर्णय गरेको छ ।

पार्टीले रास्वपा बाराका संस्थापक सभापति चन्दन स्वर्णकारलाई बर्खास्त गरेको थियो ।

विवादित जिल्ला समिति भंग गरेर केन्द्रीय तहबाट नेताहरू पठाएर शनिबार (हिजो) विस्तारित बैठक गरिएको थियो । केन्द्रीय नेताहरूसहित हिजो भएको विस्तारित बैठकले तदर्थ समिति गठन नगरी वडा र पालिका अधिवेशनमा लाग्ने निर्णय गरेको हो ।

वडा र पालिका अधिवेशन सकेर जिल्ला अधिवेशन गर्ने निर्णय गरिएको छ । पालिका अधिवेशन जेठ १७ गतेका लागि तोकिएको छ । तदर्थ समिति गठनको भएका वडाको अधिवेशन जेठ १२ गते र गठन हुन बाँकी रहेका पालिकाको तदर्थ समिति १३ गते गर्ने निर्णय गरिएको छ ।

वडा/पालिका समिति गठन गर्न ५ जना प्रतिनिधि खटाउने निर्णय पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?