+
+

बन्दीपुरको अध्यक्षमा एमालेका थापा निर्वाचित, उपाध्यक्षमा पञ्चमायासँग २ मतले हारिन् करुणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १२:३७

३ जेठ, तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार सुरेन्द्रबहादुर थापा निर्वाचित भएका छन् । उपाध्यक्षमा भने नेपाली कांग्रेससँग माओवादी केन्द्र दुई मत अन्तरले पराजित भएको छ ।

गाउँपालिकाको अध्यक्षमा निर्वाचित थापाले ३ हजार २२९ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापाले ३ हजार १६६ मत पाएका छन् । नेपाली कांग्रेसका उम्मेदवार ध्रुवलाल प्रधानले २ हजार ७८९ मत पाएका छन् ।

उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पञ्चमाया गुरुङ ३ हजार २७ मत पाउँदै निर्वाचित भएकी छन् । उनीसँग माओवादी केन्द्रकी उम्मेदवार करुणा गुरुङ दुई मत अन्तरले पराजित भइन् । करुणाले ३ हजार २५ मत पाइन् ।

उपाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले १ हजार ५९५ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?