+
+

गठबन्धनका घटकले नै हाम्रो पार्टीसँग सहकार्य गर्न चाहेनन् : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १३:२१

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनलाई लिएर समीक्षा गर्नुपर्ने बताएका छन् । पार्टीले अपेक्षा गरेअनुसार स्थानीय तह निर्वाचनमा मत नआएको भन्दै उनले गठबन्धनका घटकहरुले नै आफ्नो पार्टीसँग सहकार्य गर्न नचाहेको बताए ।

मंगलबार २९ औं मदन-आश्रित स्मृति दिवसको अवसरमा एकीकृत समाजवादीले पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘हाम्रो पार्टी निर्माणको सवालमा हामीले गम्भीर छलफल चलाउनुपर्ने आवश्यकता छ । हामी निर्वाचनको पनि गम्भीर समिक्षा गर्नेछौं । गठबन्धनको पनि समीक्षा गर्नेछौं ।’ उनले निर्वाचनका बेला भएको गल्तीलाई आगामी दिनमा ख्याल गर्नुपर्ने बताए ।

‘अहिलेसम्मको निर्वाचनको परिणाम हेर्दा हाम्रो पार्टीले प्राप्त गर्नुपर्ने जति छैन होला । संख्याको हिसाबले ५०० को सदस्यको तहलाई अहिले हामी नाघिरहेका छौं । सय जनाको संख्यामा वडा अध्यक्ष जित्ने स्थिति बनाएका छौं । झण्डै १५-२० पालिकाका प्रमुख र उपप्रमुख जित्ने स्थिति बनेको छ,’ नेपालले भने, ‘कतिपय ठाउँमा राम्रै अवस्था पनि छ भने कतिपयमा हामीले अपेक्षित परिणाम प्राप्त गर्न सकेका छैनौं ।’

नेपालले पार्टीलार्य वैचारिक रुपमा बलियो बनाउनुपर्नेमा पनि जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?