+
+

धनुषाको क्षिरेश्वरनाथमा दलका प्रतिनिधिबीच विवाद, मतगणना स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १६:५८

३ जेठ, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाको मतगणना स्थगित भएको छ ।

वडा नम्बर ५ को मतगणना भइरहँदा नेपाली कांग्रेस र नेकपा एमालेका प्रतिनिधिबीच विवाद उत्पन्न भएको थियो । विवाद समाधान हुन नसकेपछि निर्वाचन अधिकृतको कार्यालयले अर्को सूचना प्रकाशित नभएसम्मका लागि मतगणना कार्य स्थगित भएको जनाएको छ ।

जारी मतगणनामा कांग्रेसका योगेन्द्र पंजियारलाई नेकपा एमालेका उम्मेदवार सुखदेव यादवले पछाडि पारेका छन् । यादवले २ हजार १९० मत ल्याउँदा पंजियारले १ हजार ८९० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?