+
+

धरानको मेयरमा स्वतन्त्र उम्मेदवार साम्पाङले लिए पुन: अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १३:१८

४ जेठ, विराटनगर । धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पुन: अग्रता लिएका छन् । यसअघि नेपाली कांग्रेसका उम्मरेदवार किशोर राईसँग ६८ मत अन्तरले पछाडि रहेका साम्पाङ पछिल्लो पछिल्लो परिणाम अनुसार ५० मतले अगाडि छन् ।

राईले ७ हजार ९९६ मत पाएका छन् भने तेस्रो स्थानमा रहेकी नेकपा एमालेकी उम्मेदवार मञ्जु भण्डारी सुवेदीले ६ हजार ६१० मत ल्याएकी छन् ।

सामाजिक मुद्दामा अभियान चलाइरहेका साम्पाङ धरानमा परिचित छन् । सामाजिक सञ्जालमा उनी हर्क साम्पाङ अ रिभोलुसन नामले परिचित छन् । सामाजिक मुद्दामा आवाज उठाइरहने  उनले धरानमा खानेपानीको  मुद्दा उठाइरहेका छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान बचाउ अभियानमा पनि सक्रिय छन् ।

मेयरमा स्वतन्त्र उम्मेदवार दिंदै गर्दा दलका उम्मेदवारले उनलाई सामान्य रुपमा लिएका थिए । लौरो चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका उनले मतगणनाको सुरुवातदेखि नै प्रमुख दलका उम्मेदवारलाई टक्कर दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?