+
+

काभ्रेको नमोबुद्ध नगरप्रमुखमा कांग्रेस र उपप्रमुखमा माओवादी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ८:००

५ जेठ, काभ्रे । काभ्रेको नमोबुद्ध नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार कुन्सा लामा र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न लामा विजयी भएका छन् ।

राति अवेर सकिएको मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार कुन्सा लामाले ११ हजार २११ मतका साथ नेकपा एमालेका उम्मेदवार राजन भुर्तेललाई पराजित गरे । भुर्तेलले ५८२२ मत ल्याए । कुन्सा र राजनबीचको मतअन्तर ५ हजार ३८९ रह्यो ।

त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका रत्न लामा ८ हजार १८७ मतका साथ विजयी भए । रत्न लामाले एमालेका उम्मेदवार सम्झना लामालाई १ हजार ६४४ मत अन्तरले पराजित गरे । सम्झनाले ६ हजार ५४३ मत प्राप्त गरेकी छन् ।

काभ्रेकै बनेपा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?