+
+

विजयी उत्सव मनाइसकेका समसेर र मगरको मत बराबरी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १७:१३
विजयी उत्सवमा सहभागी समसेर सिंह 

५ जेठ, महोत्तरी । महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना प्रत्यासीको मत बराबरी आएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिएको थियो । समसेरले विजयीको उत्सव समेत मनाएका थिए ।

तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो ।

मतगणनाको क्रममा समसेर सिंह र नेकपा एमालेका रुद्रबहादुर किङगरिया मगरले समान ७६७ मत प्राप्त गरेका छन् ।

यसअघि वडाध्यक्षमा विजय घोषणा हुँदा समसेरले ७५१ मत पाएका थिए भने मगरले ७४४ मत पाएका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?