+
+

तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:१७

६ जेठ, फागुन । तनहुँको भानु नगरपालिकाको मेयर र उपमेयर दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा आनन्दराज त्रिपाठी र उपमेयरमा उमा गोतामे निर्वाचित भएका हुन् ।

त्रिपाठी १२ हजार दुई सय ५२ मत प्राप्त गरी विजयी भएको निर्वाचन अधिकृत मीनबहादुर कुँवरले जानकारी दिए । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सीताराम बजगाईंले नौ हजार ४३ मत प्राप्त गरे ।

उपमेयरमा निर्वाचित गोतामेले १० हजार ५४७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार केशरबहादुर गुरुङले ५ हजार ८१७ मत पाए ।

४० हजार ९६६ मतदाता रहेको भानु नगरपालिकामा २५ हजार ५७२ मत खसेको थियो । १३ वडामध्ये कांग्रेसले नौ,  एमालेले दुई र स्वतन्त्रले दुई वडामा जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?