+
+

ब्यास नगरपालिकामा जोशीसँगको मतान्तर घटाउँदै न्यौपाने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १७:१३

७ जेठ, तनहुँ । तनहुँको ब्यास नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार वैकुण्ठनाथ न्यौपानेले स्वतन्त्र उम्मेदवार दीपकराज जोशीसँगको मतान्तर घटाउँदै लगेका छन् ।

१९ हजार ४२७ मत गणना हुँदा जोशीले सात हजार ८४२ मत पाएका छन् भने न्यौपानेले सात हजार ७८२ मत पाएका छन् ।

जोशी भन्दा न्यौपाने ६० मतले पछि छन् । १४ वडा रहेको ब्यासमा वडा नम्बर १ देखि ८ सम्मको मत गणना सकिएको छ । अन्य वडाको भने बाँकी छ । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा कैची धेरै मतान्तरले अगाडि थियो ।

तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लगेका थिए । पुन: मतदान भएको वडा नम्बर ८ मा भने न्यौपानेले जोशीले भन्दा ६०० मत बढी पाएका थिए । त्यहाँ जोशीले २६९ मत पाउँदा न्यौपानेले ८६६ मत पाएका थिए ।

कांग्रेसका पूर्व नेता गोविन्दराज जोशीका छोरा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई नेकपा एमालेले समर्थन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?