+
+

तुलसीपुरमा एमाले उम्मेदवारले लिए अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ७ गते १८:२९
गेहेन्द्र गिरी (बाँया) र टीकाराम खड्का ।

७ जेठ, दाङ । दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीलाई पछि पार्दै नेकपा एमालेका उम्मेदवार टीकाराम खड्काले अग्रता लिएका छन् ।

३१ हजार १५८ मत गणना हुँदा एमालेका खड्काले १३ हजार ५४ मत र गठबन्धनका गिरीले १२ हजार ५६७ मत ल्याएका छन् । एमालेका खड्का कांग्रेसका गिरीभन्दा ४८७ मतले अघि छन् । खड्काले मत अन्तर बढाउँदै लगेका छन् । त्यसअघि गिरी र खड्काबीच कडा प्रतिस्पर्धा थियो । दुवै झिनो मतअन्तरले अगाडि–पछाडी थिए ।

उपमेयरमा भने एमालेकी स्यानी चौधरीले सुरुवाती अग्रतालाई कायम गर्दै आएकी छन् । उनले नेकपा एकीकृत समाजवादीकी उम्मेदवारलाई फराकिलो मतले पछि पारेकी छन् ।

चौधरीले १२ हजार २८५ मत ल्याएकी छन् भने  एकीकृत समाजवादीका जोगबहादुर रानाले ९ हजार ५७४ मत ल्याएका छन् । एमालेकी चौधरी गठबन्धनका राना भन्दा २ हजार ११ मतले अगाडी छिन् ।

तुलसीपुरमा सत्तारुढ गठबन्धनको सहमति अनुसार मेयरको उम्मेदवार कांग्रेसले र उपमेयरको उम्मेदवार नेकपा एकीकृत समाजवादीले लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?