+
+

वडाका जनप्रतिनिधि पुगे पालिकाको नेतृत्वमा

महेश न्यौपाने महेश न्यौपाने
२०७९ जेठ ८ गते १९:४०

८ जेठ, रोल्पा । २०७४ सालको स्थानीय तह निर्वाचनमा वडा तहमा निर्वाचित भएका केही जनप्रतिनिधि यस पटक पालिका प्रमुखमा निर्वाचित भएका छन् । ०७४ सालमा रोल्पा नगरपालिका-७ को वडा सदस्यमा निर्वाचित सुरेन्द्र थापा घर्तीमगर यस पटक मेयरमा निर्वाचित भए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार घर्ती सात हजार ६०३ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेरबहादुर थापाले तीन हजार ६५८ मत प्राप्त गरेका छन् ।

लुंग्री गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष भरतकुमार थापा पनि २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा नं ५ को वडाध्यक्ष निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार थापा यस वर्ष चार हजार ९६४ मतका साथ गाउँपालिका अध्यक्षमा निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका जनक खड्काले चार हजार २९९ मत प्राप्त गरेका थिए ।

परिवर्तन गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शुकबहादुर बुढा २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिकाको वडा नं ५ मा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

नेकपा माओवादी केन्द्रका उम्मेदवार बुढा तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १२९ मत प्राप्त गरेका थिए ।

त्रिवेणी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष लेखमणि डाँगी २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका वडा नं ६ मा वडाध्यक्ष पदमा निर्वाचित भएका थिए । उनी नेपाली काँग्रंसको तर्फवाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

डाँगीले चार हजार ५७६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका भागीसरा वन्दीपुरे खड्काले तीन हजार ८६५ मत प्राप्त गरेकी छिन् ।

रोल्पाको थवाङ गाउँपालिकाको नवनिर्वाचित उपाध्यक्ष शर्मिला वुढामगर २०७४ सालको स्थानीय तह निर्वाचनमा सोही गाउँपालिका वडा नं ३ को वडा सदस्यमा निर्वाचित भएकी थिइन् । उनी नेकपा माओवादी केन्द्रको तर्फवाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

बुढामगर दुई हजार १२२ मत प्राप्त गरी उपाध्यक्ष निर्वाचित भएकी छिन । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार रायवहादुर पुनले एक हजार ४६८ मत प्राप्त गरेका छन् ।

सुनछहरी गाउँपालिकाका नवनिर्वाचित उपाध्यक्ष ननकला घर्तीमगर २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फवाट सोही गाउँपालिकाको वडा नं. ४ वाट वडा सदस्यमा निर्वाचित भएकी थिइन् ।

घर्तीमगर तीन हजार ४९२ मत प्राप्त गरी विजयी भएकी छिन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कोमबहादुर बुढामगरले एक हजार ६११ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?