+
+

फेसबुकमा प्रेम, जूममा बिहे, भेट नहुँदै डिभोर्स !

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ८ गते १८:०३

८ जेठ, काठमाडौं । कोरोना भाइरस महामारीका कारण विश्वका धेरै मानिसहरुले आफ्नो दैनिकीलाई डिजिटलाइज्ड गर्न बाध्य छन् । पढाईदेखि लिएर जागिरसम्म अनि परिवारसँग भेटघाट देखि कार्यालयका बैठक सम्म सबै कुरा अनलाइनमै फत्ते भैरहेका छन् ।

महामारीको त्यहीँ लकडाउनकै बेला एक जोडीको प्रेमकथा तथा बिहे समाचारले निकै चर्चा पायो । अनलाइनमै प्रेम र भर्चुअलमै बिहे गरेको त्यो अनलाइन जोडी अहिले पुनः चर्चामा छ ।

बेलायती युवती आयसे र अमेरिकी युवक डेरिनको प्रेम र बिहेको कथा निकै रोमाञ्चक छ । महामारीको लकडाउनकै बेला उनीहरुको फेसबुक मार्फत् चिनाजानी भयो । सामान्य चिनाजानी प्रेम सम्बन्धमा बदलियो र उनीहरुले भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूममार्फत् बिहे गरे ।

अनलाइनमै प्रेम बसेर अनलाइनमै बिहे गरेका आयसे र डेरिन बिहेपछि पनि विविध कारणले एक आपसमा भेटघाट गर्न पाएका थिएनन् । तर अनलाइनमै बिहे गरेको उक्त जोडीले भौतिक रुपमा भेट नहुँदै अन्ततः डिभोर्स गरेको छ ।

बेलायतको ल्यांकेस्टरकी बासिन्दा २६ वर्षकी आयसेलाई गतवर्षको पहिलो लकडाउनका बेला निकै दिक्क लागेको थियो । त्यहीँबेला एक्लोपना हटाउन र रमाइलोका लागि उनी साथी बनाउने खालका फेसबुक ग्रुपमा जोडिइन् । त्यहीँ फेसबुक ग्रुपमा उनको अमेरिकाको डेट्रोइडमा बस्ने डेरिनसँग चिनाजानी भयो । त्यसपछि डेरिन र आयसेबीच च्याटिङ र विस्तारै भिडियो कलमा कुराकानी हुन थाल्यो ।

ती दुईजनाबीच दैनिक भिडियो कलमा लामो कुराकानी हुन थाल्यो । विस्तारै उनीहरु एक अर्कालाई मन पराउन थाले । गत वर्षको मे महिनामा डेरिनले अन्ततः आयसीलाई प्रपोज गर्ने निर्णय गरे । भिडियो कलमा उनी घुँडा टेकेर आयसीलाई प्रेम प्रस्ताव राखे । आयसीले पनि प्रस्ताव स्वीकार गरिन् र उनीहरु प्रेम सम्बन्धमा गाँसिए ।

digital relationship

त्यसको केही दिनपछि उनीहरुले जूम कलमा आधिकारिक रुपमा बिहे गरे । गतवर्ष अगष्ट १९ मा आयसी र डेरिन बिहे पश्चात् औपचारिक रुपमा पति पत्नी बने । जूममा भएको विवाह समारोहमा भिडियो कलमा दुबैतर्फका परिवारजन, आफन्त तथा साथीहरु उपस्थित भएका थिए ।

जूम कलमा भएको उक्त बिहेले ठूलै चर्चा बटुल्यो । तर भर्चुअल्ली बिहे गरेका उनीहरु भौतिक रुपमा भने भेट गर्न पाएका थिएनन् । त्यो अनलाइन सम्बन्ध धेरै दिन टिक्न कहाँ सक्थ्यो र ? हालै आयसीले डेरेनसँग डिभोर्स गरेकी छिन् ।

आफूलाई डेरेनमाथि भरोसा नभएको र उनी अर्को महिलासँग सम्बन्धमा रहेको भन्दै आयसीले डिभोर्स मागेकी थिइन् । अन्ततः उनीहरुबीच औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?