+
+

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ९ गते १८:३८

९ जेठ, जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित भएका छन् । सोमबार साँझ सकिएको मत गणना अनुसार उनले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित भएका हुन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याए । तेस्रो स्थानमा रहेका लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाए ।

मेयर पदमा सत्तारुढ गठबन्धनको समर्थन पाएका जनता समाजवादी पार्टीका उम्मेदवार चौथो स्थानमा रहे । उनले पाँच हजार १९४ मत पाए ।

उपमेयरमा निर्वाचित नेपाली कांग्रेसका किशोरी साहले १५ हजार ५२५ मत पाएका छन् ।

दोस्रो स्थानमा रहेकी एमाले उम्मेदवार रुणादेवी झाले १० हजार ८८५ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?