+
+

गठबन्धन सही थियो भन्ने पुष्टि भयो : राष्ट्रिय जनमोर्चा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १० गते १६:२६

१० जेठ, काठमाडौं । राष्ट्रिय जनमोर्चाले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच भएको गठबन्धन सफल भएको निष्कर्ष निकालेको छ ।

सोमबार बसेको पार्टीको केन्द्रीय सचिवालयको विस्तारित बैठकले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धन नेकपा एमालेलाई परास्त गर्न सफल भएको निष्कर्ष निकालेको हो ।

बैठकपछि अध्यक्ष चित्रबहादुर केसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘… प्रतिगमनका विरुद्ध हाम्रो पार्टीसहितले गरेको पाँच दलीय गठबन्धन मूलतः सही थियो भन्ने कुरा राष्ट्रिय राजनीतिमा पुनः पुष्टि भएको छ ।’

राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनकै कारण ‘प्रतिगमन’लाई परास्त गर्न सफलता प्राप्त भएको दाबी गरेको छ । उसले यो गठबन्धनलाई प्रदेश तथा केन्द्रीय निर्वाचनसम्म सँगै लैजानुपर्ने निर्णय गरेको अध्यक्ष केसीले बताएका छन् ।

राष्ट्रिय जनमोर्चाले पाँच दलमा आवद्ध केही दलले एमालेसँग सहकार्य गर्दा एमालेलाई लाभ पुगेको पनि निष्कर्ष निकालेको छ । गठबन्धनका कारण राष्ट्रिय जनमोर्चालाई केही लाभ भएको भन्दै उसले पहिले गाउँपालिकाको नेतृत्व मात्र पाएकमा अहिले नगरपालिकाको नेतृत्व र सहनेतृत्वमा विजय हासिल गर्न सफल भएकामा खुशी व्यक्त गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?