+
+

नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ११ गते १३:१२
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की ।

११ जेठ, काठमाडौं । नेपालको स्वास्थ्य सेवामा प्रयोगमा ल्याइएका विभिन्न ऐतिहासिक पुराना मेडिकल उपकरण सामग्रीलाई संकलन गरी नेपाल चिकित्सक संघले चिकित्सा संग्रहालयको स्थापना गर्ने भएको छ ।

नेपालमा अन्य क्षेत्रको संग्रहालय भएपनि मेडिकल क्षेत्रको हालसम्म संग्रहालय नभएका कारण स्थापना गर्न लागिएको संघका अध्यक्ष डा. लोचन कार्की जानकारी दिए ।

‘नेपालको पहिलो ईसीजी, अल्ट्रासाउन्ड, सिटी स्क्यान मेसिन कस्तो थियो होला ? मेडिकल क्षेत्रका पहिला सर्जरी गरेका ऐतिहासिक तस्वीर, पुस्तक कस्ता थिए ?’, डा. कार्कीले भने, ‘अस्पतालमा कतिपय उपकरणहरु थुप्रिएर बसेका छन् । नयाँ पुस्ताका लागि यस्ता उपकरण नेपालको मेडिकल क्षेत्रको इतिहास बुझ्न मद्धत गर्नेछ ।’

उनका अनुसार चिकित्सा संग्रहालय संघको केन्द्रीय कार्यालयस्थित प्रर्दशनीमार्गमा स्थापना हुनेछ । संघले अस्पताल, संघ संस्था, व्यक्तिगत घरमा उपलब्ध भएका ऐतिहासिक सामग्री, प्रमाणपत्र, पुस्तक, स्वास्थ्य क्षेत्रसँग सम्बन्धित उपकरण लगायतका सामग्री भए उपलब्ध गराइदिन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?