+
+

त्रियुगा नगरपालिकामा रोचक प्रतिष्पर्धा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १०:०८

१२ जेठ, उदयपुर । उदयपुरको जेठो नगरपालिका त्रियुगाको मतगणना जारी छ । हालसम्मको मतपरिणाम अनुसार त्रिपक्षीइ प्रतिस्पर्धा छ ।

त्रियुगाको मेयरमा कांग्रेस, एमाले र एकीकृत समाजवादीबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसले झिनो मतान्तरले अग्रता लिइरहेको छ भने समाजवादीका उम्मेलवारले टक्कर दिइरहेका छन् ।

९५४० मतगणना हुँदा मेयरमा कांग्रेसका वसन्त बस्नेतको ३०९० मत छ । एकीकृत समाजवादीका बलदेव चौधरीले ३०११ मत ल्याएर पछ्याइरहेका छन् । एमालेका भागवत राउतले २१२६ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकी सरिता राई २८०९ मतका साथ अग्रता लिइरहेकी छन् । माओवादी केन्द्रकी गीता खड्का कार्कीले २४५७ र एमालेकी महेश्वरी राईले २३६८ मत पाएकी छन् ।

वडा नं. १, २ र १६ को परिणाम सार्वजनिक हुँदा १ मा काङ्ग्रेस, २ मा एमाले र १६ मा माओवादी केन्द्रले वडाध्यक्ष जितेका छन् ।

सबैभन्दा पहिले गणना सकिएको १६ मा माओवादी केन्द्रका मानबहादुर राईले प्यानलसहित जितेका छन् । १ मा कांग्रेसका मनोजकुमार चौधरीले प्यानलसहित जितेका छन् भने २ मा एमालेका घमानसिङ खत्रीले वडाध्यक्ष जितेका छन् । वडा नं. ३, १५ र १४ गणना जारी छ ।

नगरपालिकाको ३० हजार ६३९ मत गणना हुन बाँकी छ । यहाँ ६० हजार ४६ मतदातामध्ये ४० हजार १७९ मत खसेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?