+
+

एलजीले ल्यायो २४ हजार रुपैयाँको मास्क, श्वासप्रश्वासको हिसाब राख्ने, हावा सफा गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १२ गते १२:१०

कोभिड-१९ महामारीसँगै मास्क विश्वका मानिसहरुको दैनिक जीवनको अहम् हिस्सा बनिरहेको छ ।

पहिले केवल वायु प्रदूषणबाट बँच्नका लागि प्रयोग हुने यो चिज अहिले सबैको लाइफस्टाइलको हिस्सा बनिसकेको छ ।

विभिन्न कम्पनीहरूले लगातार विभिन्न खालका स्मार्ट मास्कहरू लञ्च गरिरहेका छन् । यस्तै एउटा मास्क दक्षिण कोरियाली इलेक्ट्रोनिक्स कम्पनी एलजीले लञ्च गरको छ । एलजीले ल्याएको उक्त मास्क महँगो त छ तर यसमा विभिन्न गज्जबका फिचर्स छन् ।

LG PuriCare को ब्रान्डिङको रुपमा एलजीले हावा छान्ने मास्क सार्वजनिक गरकेो हो । उक्त मास्क सेतो र कालो गरी दुईवटा रङमा उपलब्ध हुनेछ । एलजीको उक्त मास्कको मूल्य करीब २४ हजार पर्नेछ ।

श्वासप्रश्वासको शुद्धतामा सहयोग गर्ने एलजीले स्मार्ट मास्क बजारमा बिक्री हुने कुनै मामूली मास्क जस्तो होइन । यसमा विभिन्न हाइटेक फिचर पनि उपलब्ध छन् । यसले तपाईंले प्रतिमिनेट कतिपटक श्वासप्रश्वास गर्नुहुन्छ भन्ने पनि बताउनेछ ।

उक्त मास्कमा ब्लुटुथ कनेक्टिभिटी उपलब्ध छ । यसलाई एलजीको एपसँग जोड्न तथा नियन्त्रण गर्न सकिनेछ । यसमा इनबिल्ट माइक तथा स्पीकर पनि रहेको छ । यो मास्कको वजन ९४ ग्राम रहेको छ ।

यो मास्कमा H13 HEPA उपलब्ध छ । यसमा श्वासप्रश्वास सेन्सर रहेको छ । एक पटक पूर्ण चार्ज गरेपछि यसले ८ घण्टासम्म काम गर्दछ । यसमा डुअल इन्भर्टर फ्यान तथा एउटा एग्जस्ट भल्भ रहेको छ ।

यो मास्क फुलचार्ज गर्न करिब २ घण्टा लाग्दछ । यसमा १००० मिलि एम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यसमा रहेको माइक तथा स्पीकरलाई तपाइँले मोबाइल एपबाट नियन्त्रण गर्न सकिन्छ ।

यो मास्कलाई एलजीको आधिकारिक वेबसाइटबाट खरिद गर्न सकिने बताइएको छ । यो मास्कसँग उपलब्ध हुने खोलमा राखेर यो मास्क चार्ज गर्न सकिन्छ । योसँगै दुईवटा H13 HEPA फिल्टर पनि उपलब्ध हुन्छन् जसलाई करिब एक/एक महिना प्रयोग गर्न सकिन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?