News Summary
Generated by OK AI. Editorially reviewed.- एलजीले 'हरेक घरको खुसी, घरघरमा एलजी' अभियानलाई इटहरी, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्ज लगायतका शहरमा विस्तार गर्ने भएको छ।
- कम्पनीले आफ्ना आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा इसेन्सियल सिरिज अन्तर्गतका नयाँ घरेलु उपकरणहरू सार्वजनिक गरेको छ।
- यो शृङ्खलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका रेफ्रिजेरेटर, वासिङ मेसिन र एयर कन्डिसनर समावेश गरिएको कम्पनीले जनाएको छ।
१४ असार, काठमाडौं । काठमाडौंपछि एलजीले ‘हरेक घरको खुसी, घरघरमा एलजी’ अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने भएको छ। यसअन्तर्गत इटहरीमा असार १५, नारायणघाटमा असार १७, पोखरामा असार १९, बुटवलमा असार २१ र नेपालगञ्जमा असार २३ मा विशेष कार्यक्रम आयोजना गरिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यी कार्यक्रममार्फत स्थानीय उपभोक्ताले एलजीको इसेन्सियल सिरिज अन्तर्गतका उत्पादन प्रत्यक्ष रूपमा अवलोकन तथा प्रयोग गर्न पाउनेछन्।
साथै उत्पादनका विशेषताबारे जानकारी प्राप्त गरी आफ्नो आवश्यकता अनुसार उपयुक्त उपकरण छनोट गर्ने अवसर पनि उपलब्ध हुनेछ।
एलजी इलेक्ट्रोनिक्स सिङ्गापुरले आफ्नो आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्ससँगको सहकार्यमा नेपाली उपभोक्ताको आवश्यकता र जीवनशैलीलाई ध्यानमा राखी विकास गरेको नयाँ घरेलु उपकरण शृङ्खला इसेन्सियल सिरिज सार्वजनिक गरेको हो।
यसअघि काठमाडौंस्थित विभान्ता होटलमा आयोजित विशेष कार्यक्रममा उक्त शृङ्खलाको औपचारिक अनावरण गरिएको थियो।
इसेन्सियल सिरिजमा आधुनिक प्रविधि, उत्कृष्ट कार्यसम्पादन, टिकाउपन तथा किफायती मूल्यलाई समेटिएको कम्पनीले जनाएको छ । यस शृङ्खलामा नेपाली बजारका लागि विशेष रूपमा डिजाइन गरिएका डबल–डोर रेफ्रिजेरेटर, फुल्ली अटोमेटिक टप–लोड वासिङ मेसिन तथा रुम एयर कन्डिसनर समावेश छन्।
प्रतिक्रिया 4