+
+

स्थानीय तह निर्वाचनले अर्थतन्त्र थप चलायमान, तर मूल्यमा चाप पर्‍यो : राष्ट्र बैंक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १२:३५

१३ जेठ, काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थानीय तह निर्वाचनका कारण अर्थतन्त्र थप चलायमान भएको बताएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यस्तो टिप्पणी गरेको हो ।

कोभिड–१९ संक्रमण जोखिम कम भएसँगै आर्थिक गतिविधि समेत विस्तार हुन थालेको नेपाल बैंकले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले चालु आवमा कुल गार्हस्थ उत्पादन ५.८४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरेको छ । स्थानीय तह निर्वाचनले मूल्यमा भने चाप परेको जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्म औसतः मुद्रास्फीति लक्षित सीमा भित्र रहेको भन्दै स्थानीय तह निर्वाचन, पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धि, रुस–युक्रेन युद्ध र महामारीपछि आन्तरिक मागमा आएको विस्तारले मूल्यमा चाप परेको नेपाल राष्ट्र बैंकको भनाइ छ ।

२०७८ चैतमा मुद्रास्फीति ७.२८ प्रतिशत पुगेको थियो भने २०७७ चैतमा मुद्रास्फीति ३.१० प्रतिशत मात्रै थियो ।

बाह्य क्षेत्र दबावमै

नेपाल राष्ट्र बैंकका अनुसार आयातमा भएको उल्लेख्य वृद्धि र विप्रेषण आप्रवाह स्थिर रहँदा बाह्य क्षेत्र भने अझै दबावमा रहेको छ ।

बाह्य क्षेत्रमा चालु खाता तथा शोधनान्तर घाटा बढेको छ । विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता समेत घटेको नेपाल राष्ट्र बैंकले उल्लेख गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?