+
+

निजी गाडीका लागि एलसी खोल्न नाडाको माग

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १३ गते १८:५८

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले निजी प्रयोजनका कार, जीप र भ्यानको आयात प्रतीतपत्र (एलसी) खोल्ने कार्यलाई निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ ।

नेपालमा अटोमोबाइल क्षेत्रको योगदान र यस व्यवसायमा देखा परेका समस्याहरुलाई केलाउँदै नाडाले सवारी आयातमा गरिएको कडाइबारे आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।

१ खर्ब भन्दा बढीको लगानी रहेको, हरेक वर्ष १ खर्ब ५० अर्ब भन्दा बढी राजस्वमा योगदान पुर्‍याउँदै आएको भन्दै नाडाले कार, जीप र भ्यान आयातमा गरिएको प्रतबन्ध हटाउन माग गरेको छ ।

सरकारले निजी प्रयोजनका कार, जीप र भ्यानलाई असार मसान्तसम्मका लागि आयातमा प्रतिबन्ध लगाएको स्मरण गराउँदै नाडाले देशमा प्रत्यक्ष रोजगारीमा १ लाख र अप्रत्यक्ष रुपमा १० लाख नागरिकलाई रोजगारीको अवसर प्रदान गर्दे आयातको तुलनामा झण्डै दोब्बर राजस्व उपलब्ध गराउने कुरालाई नजर अन्दाज नगर्न समेत भनको छ ।

केही दिन अघि मात्रै निजी प्रयोजनका कार, जीप र भ्यानको आयात खुल्ला गर्नका लागि अर्थ मन्त्रालयमा सुझाव समेत दिइसकेको नाडाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?