+
+

लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री देउवा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १४ गते १९:५१

१४ जेठ, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् ।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रम माथिको छलफलमा बोल्दै प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकारको धारणा के हो ? भनी प्रश्न गरेका थिए ।

शनिबार जवाफ दिँदै देउवाले भने, ‘लिम्पियाधुरा, लिपुलेक र कालपानी नेपालको भूमि नेपालको हो भन्नेमा नेपाल सरकार प्रष्ट छ ।’ प्रधानमन्त्री देउवाले नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?