+
+
Shares

जेठ २० देखि मण्डला थिएटरमा ‘चोरको स्वर’ नाटक मञ्चन हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १७ गते ११:३८

१७ जेठ, काठमाडौं । लिम्बू समुदायमा प्रचलित भागी विवाहको कथामा आधारित ‘चोरको स्वर’ मण्डला नाटकघरमा मञ्चन हुँदैछ । नाटकल आर्टमाण्डु नेपाल प्रालिको प्रस्तुतिमा जेठ २० देखि असार १५ गतेसम्म यो नाटक मञ्चन हुनेछ । नाटकलाई अनिल सुब्बा र अन्वेषण राई थुलुङले निर्देशन गरेका छन् भने कथा नवीन चौहानले लेखेका हुन् ।

कुनै केटाले केटी भगाइसकेपछि केटा पक्षबाट ‘हजुरहरुको छोरीचेली हाम्रो साथमा छ, हाम्रो छोरा भतिजले माया गरेर, खुसीसाथ राखेको छ’ भनी केटा पक्षका भद्र भलाद्मीहरु विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई चोरको स्वर भनिन्छ । माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार, रीतिरिवाज अनुसार विवाहको प्रसंग अघि बढ्छ ।

यही प्रचलनमा आधारित नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, बेदना राई, सुरज तमू, प्रतिना राई,
रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन र सुनील तामाङको अभिनय रहनेछ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?