+
+

देवदहको नगर कार्यपालिकामा एमाले–राप्रपा गठबन्धन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १८ गते १५:३९

१८ जेठ, बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको कार्यपालिका गठनमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धन भएको छ । ५ जना महिला सदस्य र दलित तथा अल्पसंख्यकबाट ३ जना गरी ८ जना कार्यपालिका सदस्य चयनका लागि नेकपा एमाले र राप्रपाबीच गठबन्धन भएको हो ।

सहमति अनुसार एमालेबाट ७ जना र राष्ट्रिय प्रजान्त्र पार्टीबाट १ जना निर्वाचित भएका छन् ।

महिला सदस्यमा नेकपा एमालेकी गीता भण्डारी, टिकीसरा सुनार, रुपाकुमारी ढुंगाना, लक्ष्मी विक, शान्ता भट्टराई कार्यपालिका सदस्यमा निर्वाचित भए ।

दलित तथा अल्पसंख्यकतर्फ एमालेका कुमार दमाई, गोविन्द पासी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ओमबहादुर परियार निर्वाचित भएको निर्वाचन अधिकृत विष्णुप्रसाद आचार्यले जानकारी दिए ।

देवदह नगरपालिकामा नेकपा एमालेका ३२ जना, नेपाली कांग्रेसका २१ जना राष्ट्रिय प्रजातन्त्र पार्टीको ९ जना गरी ६२ जना सदस्य निर्वाचित भएका थिए । देवदहको मेयर र उपमेयर दुबै पद एमालेले जितेको छ । देवदहमा नेपाली कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?