+
+

सप्तकोशी नदीमा हाम फालेका व्यक्तिको सशस्त्र प्रहरीबाट उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते ७:४५

१९ जेठ, सप्तरी । सप्तकोशी नदीमा हाम फालेका एक व्यक्तिलाई सशस्त्र प्रहरीले उद्धार गरेका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित सप्तकोशी नदीमा बुधबार बेलुकी ७ बजेर १५ मिनेटतिर हाम फालेका व्यक्तिको उद्धार गरिएको सशस्त्र प्रहरी सप्तरीका उपरीक्षक प्रदीप खड्काले जानकारी दिए ।

उनका अनुसार झापाको कमल गाउँपालिका-५ निवासी ४१ वर्षीय बुधुन्द्रप्रसाद लिम्बु सप्तकोशी पुलको बीचको नोजबाट नदीमा हाम फालेका थिए । उनलाई तत्कालै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भारदहबाट खटिएको वरिष्ठ हबल्दार उद्धव प्रसाद चौलागाईं नेतृत्वको टोलीले स्थानीको सहयोगमा उद्धार गरेको हो ।

उद्धार गरी लिम्बुलाई सम्झाइ बुझाइ घर पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?