+
+

संघबाट पोखरालाई धेरै बजेट, विराटनगरलाई थोरै

भरतपुरको बजेट वृद्धिदर अरुको भन्दा धेरै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १९ गते १८:४६

१९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० को लागि ६ वटा महानगरपालिकाले १० अर्ब ३१ करोड २९ लाख रुपैयाँ बजेट पाएका छन् । महानगरपालिकामध्ये सबैभन्दा धेरै बजेट पोखरा महानगरपालिका र सबैभन्दा कम विराटनगर महानगरपालिकाले पाएको छ ।

आगामी वर्षका लागि काठमाडौं, पोखरा र भरतपुर महानगरपालिकाले गत वर्षभन्दा बढी बजेट पाएका छन् भने वीरगञ्ज, विराटनगर र ललितपुरको बजेट घटेको छ ।

सबैभन्दा धेरै बजेट पाएको पोखरा महानगरपालिकाले कुल २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ बजेट पाएको छ । पोखराले चालु आर्थिक वर्षमा २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बजेट पाएको थियो । पोखरालाई आगामी वर्ष समपूरक अनुदानमा ४ करोड विशेष अनुदानमा २ करोड ८० लाख रुपैयाँ दिइएको छ । १ अर्ब ८५ करोड ८० लाख सशर्त अनुदान पाएको पोखराले ६५ कारेड ८६ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ ।

संघीय सरकारबाट काठमाडौं महानगरपालिकाले आगामी वर्षका लागि २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ बजेट पाएको छ । चालु आर्थिक वर्षमा काठमाडौं २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि काठमाडौंले समपूरक र विशेष अनुदानमा बजेट पाएको छैन । ७५ अर्ब ४९ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको काठमाडौंलाई १ अर्ब २८ करोड ५० लाख ससर्त रुपैयाँ अनुदान पठाइएको छ ।

सरकारले भरतपुर महानगरपालिकालाई आगामी वर्षका लागि १ अर्ब ८० करोड २४ लाख रुपैयाँ अनुदान बजेट दिएको छ । चालु आवका लागि भरतपुरले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ अनुदान पाएको थियो । जुन अनुदान गत वर्षको तुलनामा १५ करोड ९६ लाख रुपैयाँ बढी हो । भरतपुरले समपूरक २ करोड ५० लाख रुपैयाँ र विशेष अनुदान १४ करोड ८ लाख रुपैयाँ पाएको छ । १ अर्ब २२ करोड ४५ लाख सशर्त अनुदान पाएको भरतपुरले वित्तीय समानीकरण अनुदानमा ५१ करोड ६९ लाख रुपैयाँ हात पारेको छ ।

वीरगञ्ज महानगरपालिकाले १ अर्ब ४४ करोड ८६ लाख बजेट पाएको छ । चालु आवका लागि वीरगञ्जले १ अर्ब ४५ अर्ब ४० रुपैयाँ बजेट पाएको थियो । संघीय सरकारले आगामी वर्षका लागि वीरगञ्जलाई १० करोड रुपैयाँ समपूरक अनुदान र ६ करोड विशेष अनुदान दिएको छ । वीरगञ्जले ८० करोड ९८ लाख सशर्त र ४७ लाख ८८ हजार समानीकरण अनुदान पाएको छ ।

ललितपुर महानगरपालिकालाई आगामी वर्षका लागि कुल १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ वित्तीय हस्तान्तरण भएको छ । चालु आवका लागि ललितपुरले १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बजेट पाएको थियो । आगामी वर्षका लागि ३ करोड रुपैयाँ समपूरक अनुदान पाएको ललितपुरलाई विशेष अनुदान दिइएको छैन । ललितपुरले सशर्त अनुदानमा ६५ करोड ९४ लाख रुपैयाँ र वित्तीय समानीकरण अनुदानमा ५२ करोड ९५ लाख रुपैयाँ पाएको छ ।

संघीय सरकारबाट विराटनगर महानगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २१ करोड ८५ लाख बजेट पाएको छ । चालु आवका लागि विराटनगरले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ पाएको थियो । आगामी वर्षका लागि समपूरक अनुदान नपाएको विराटनगरले ४ करोड रुपैयाँ विशेष अनुदान पाएको छ । यो महानगरले ७२ करोड १७ लाख रुपैयाँ सशर्त र ४५ लाख ६८ हजार रुपैयाँ वित्तीय समानीकरण अनुदान पाउने भएको छ ।

कुन महानगरलाई कति बजेट ?

  • पोखरा महानगरपालिका– २ अर्ब ५८ करोड ४६ लाख रुपैयाँ
  • काठमाडौं महानगरपालिका– २ अर्ब ३ करोड ९९ लाख रुपैयाँ
  • भरतपुर महानगरपालिका– १ अर्ब ८० करोड २४ लाख रुपैयाँ
  • वीरगञ्ज महानगरपालिका– १ अर्ब ४४ करोड ८६ लाख रुपैयाँ
  • ललितपुर महानगरपालिका– १ अर्ब २१ करोड ८९ लाख रुपैयाँ
  • विराटनगर महानगरपालिका–१ अर्ब २१ करोड ८५ लाख रुपैयाँ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?