+
+

जाउलाखेलमा देखाइयो भोटो (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७९ जेठ २१ गते १९:४५

२१ जेठ, काठमाडौं । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तर्गत शनिबार ललितपुरको जाउलाखेलमा भोटो जात्रा मनाइएको छ ।

मच्छिन्द्रनाथको रथ जाउलाखेल पुर्‍याइएको चौथो दिन शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाएर जात्रा मनाइएको हो ।

भोटो अवलोकन गर्न राष्ट्रपति भण्डारीसँगै उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना, गृहमन्त्री बालकृष्ण खाँणसहितका मन्त्रीहरु, ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनसहितका पदाधिकारीहरु जाउलाखेल पुगेका थिए ।

भोटो जात्रा लिच्छवी कालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो भीड लागेको थियो । बाक्लो भीडकाबीच गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए ।

त्यस अवसरमा राष्ट्रपति भण्डारी र अन्य विशिष्ट व्यक्तिहरुले टीका र प्रसाद ग्रहण गरे । विगत दुई वर्षसम्म कोरोना महामारीका कारण रातो मच्छिन्द्रनाथको जात्रामा भोटो देखाउने जात्रा सांकेतिक रुपमा मात्र गरिएको थियो ।

बहुमूल्य रत्नले बनाएको भोटो लगाएको भूतसँग भोटोको स्वामित्वको विषयमा भक्तपुरका एक जना ज्यापु वैद्यले झगडा गरेको र त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन शुरु भएको जनविश्वास छ । वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ ।

हेर्नुहोस् तस्वीरहरु

लेखकको बारेमा
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?