+
+

काठमाडौंको फोहोर विसर्जनबारे एमालेले माग्यो सरकारको धारणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते ११:५०
एमाले सांसद कृष्णगोपाल श्रेष्ठ । फाइल तस्वीर

२५ जेठ, काठमाडौं । नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठले काठमाडौंमा थुप्रिएको फोहोरको तत्काल व्यवस्थापनका लगि सरकारलाई रुलिङ गर्न माग गरेका छन् ।

काठमाडौंमा थुप्रिएको फोहोरले दुर्गन्ध बढेको र महामारीको जोखिम बढेको भन्दै श्रेष्ठले यो अन्तर्राष्ट्रिय लज्जाको विषय बनिसकेको बताए ।

आजको प्रतिनिधि सभाको विशेष समयमा बोल्दै श्रेष्ठले फोहोर कहिले उठ्छ भनेर तालुकदार मन्त्रालयबाट सरकारको आधिकारिक जानकारी सदनलाई गराउनुपर्ने माग गरे । तत्काल फोहोर नउठे काठमाडौंवासी चुप लागेर नबस्ने चेतावनी दिंदै उनले भने, ‘तालुकदार मन्त्रालयबाट यस सम्बन्धमा सत्यतथ्य जानकारी आओस् । यस सम्बन्धमा सभामुखबाट रुलिङ चाहन्छु ।’

अन्तर्राष्ट्रिय नियोगहरुले महामारीको जोखिम रहेकाले अत्यावश्यक नभएसम्म बाहिर ननिस्किन आग्रह गर्दै आन्तरिक रुपमा सर्कुलर गरेको आफूले बुझेको भन्दै श्रेष्ठले यो लज्जाको विषय भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?