+
+

पार्टी सरकारमा जानेबारे प्रधानमन्त्रीसँग कुरा भएको छैन : लक्ष्मणलाल कर्ण

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २५ गते १६:५६

२५ जेठ, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले पार्टी सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्रीसँग कुरा नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा सहभागि भएर बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदैँ सांसद कर्णले लोकतान्त्रिक समाजवादी पार्टीले सरकारमा जाने सम्बन्धमा प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा नगरेको बताएका हुन् ।

उनले प्रधानमन्त्री देउवाले पनि आफूहरुलाई मन्त्री हुन आउ नभनेको स्पष्ट पारे । उनले भने, ‘हामीले प्रधानमन्त्रीसँग कुरै नगरेको । प्रधानमन्त्रीले हामीलाई मन्त्रीमा आउ भन्दै नभनेको कुरो तपाईहरु बिस्तृत रुपमा प्रचार गरिराख्नु भएको छ ।’

सांसद कर्णले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बाटो– बाटोबाट लोकतान्त्रिक समाजवादी पार्टीलाई एकिरणका लागि आव्हान गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । अध्‍यक्ष यादवले विगतमा आफूहरुलाई पार्टी बाट निकालेको र पार्टी फोड्नका लागि निर्वाचन आयोगमा निवेदन दिएको भन्दै उनले अहिले संकटमा परेकाले सहयोग खोजेको बताए।

अध्यक्ष यादवको संकट निवारण भएपछि लखेट्ने प्रवृत्ति रहेको उनले बताए । उनले भने, ‘पार्टी फोड्नलाई आधिकारिकताको निवेदन दिएको होइन ? अनि के को मेल ? आज फेरि पार्टीमा संकट उत्पन्न भएको छ उहाँको । संकट उत्पन्न भयो भने हाम्रो सहयोग खोज्ने । र संकट निवारण भएपछि लखेट्दिने ।’

सांसद कर्णले औपचारिक रुपमा एकीकरणको प्रस्ताव नआएको उल्लेख गर्दै एकीकरण गर्नुनपर्ने बताए । उनले भने, ‘ ‘हामी उहाँको पार्टी फुटिराख्दाखेरी एकिकरण गरेर जोगाएको होइन ? त्यसमा मसमेत महन्थ ठाकुरलाई उहाँले निकाल्दिएको होइन ? अहिले के को लागि एकिकरण ? किन एकिकरण ? हामीसँग उहाँले कुनै कुरा गर्नुभएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?