+
+

तमिल फिल्म ‘थलैयावार १६९’मा रजनीकान्तसँग देखिंदै ऐश्वर्या

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २७ गते १२:२५

काठमाडौं । यस्तो लाग्छ, बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन दक्षिण भारतीय फिल्मबाट आउने कुनै पनि अवसरलाई खेर जान दिने पक्षमा छैनन् ।

मणिरत्नमको तमिल फिल्म ‘पुन्निइ सेल्भान’पछि ऐश्वर्या आगामी फिल्म ‘थलैयावार १६९’मा ‘रोबोट’ को-स्टार रजनीकान्तसँग देखिने भएकी छन् । फिल्मलाई ‘बिस्ट’ फेम्ड निर्देशक नेल्सन दिलीपकुमारले निर्देशन गर्ने बलिउड हंगामाले जनाएको छ । संगीत कम्पोज चाहिं अनिरुद्र रविचन्द्रले गर्ने भएका छन् ।

औपचारिक रुपमा फिल्म निर्माणको घोषणा नभए पनि ४८ वर्षीया अभिनेत्री ७० वर्षीय अभिनेताको पत्नीको भूमिकामा अभिनय गर्दैछिन् । दुवै स्टार १२ वर्षअघि शंकरद्वारा निर्देशित फिल्म ‘रोबोट’मा अभिनय गरेका छन् ।

फिल्मको मुख्य भूमिकामा राम्या कृष्णा र प्रियंका अरुल मोहनले समेत अभिनय गर्ने भएका छन् । सन् २०२२ अगस्टदेखि फिल्म छायांकन सुरु हुने जनाइएको छ । सन् २०२३ मा फिल्म रिलिजको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?