
२९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक टर्मिनलमा प्रस्थान कक्ष विस्तार गरिएको छ । विस्तार भएको प्रस्थान कक्षको आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलले उद्घाटन गरे ।
उक्त अवसरमा मन्त्री आलेले निजगढ विमानस्थल कहाँ बनाउने भनेर तोक्ने काम नेपाल नागरिक उड्डयन प्राधिकरणको नै भएको स्पष्ट पारे ।
साथै उनले निजगढका लागि यस वर्ष मात्र २६ करोड रुपैयाँ विनियोजन भएकोप्रति समेत असन्तुष्टी जनाए । मन्त्री आलेले आइतबार नै आन्तरिकतर्फ निर्माण भएको वाटर फाउन्टेनसहितको आइल्याण्डको समेत उद्घाटन गरे ।
सो अवसरमा उनले आन्तरिकतर्फ विस्तारित आगमन कक्षको शिलान्यास समेत गरेका छन् । त्रिभुवन विमानस्थलमा बुटिक एयरपोर्टको अवधारणा अनुसार वाटर फाउण्टेन निर्माण भएको प्राधिकरणले जनाएको छ ।
तस्वीरहरु : नेपाल नागरिक उड्डयन प्राधिकरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4