+
+

शहर पसेको चितुवाको इटहरीमा सकुशल उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १६:०५

३० जेठ, सुनसरी । इटहरी उमहानगरपालिकाका बासिन्दाको घरमा पसेको चितुवाको सकुशल उद्धार गरिएको छ । इटहरीके जुट विकास टोल आसपासमा चितुवा देखिएको थियो ।

चितुवालाई सुरक्षाकर्मी तथा वन्यजन्तु सम्बन्धी प्राविधिकको सहयोगमा नियन्त्रण लिइएको हो ।

चितुवालाई हाललाई डिभिजन बन कार्यालय, इनरूवा, सुनसरी पठाइएको प्रहरीले जनाएको छ ।

चितुवा देखिएको क्षेत्रका बासिन्दा त्रसित थिए भने प्रशासनले चितुवा नियन्त्रणमा नलिउन्जेलसम्म सर्वसाधारणलाई घर बहिर निस्कन आग्रह गरेको थियो । तर चितुवालाई नियन्त्रणमा लिएपछि जनजीवन सामान्य बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?