+
+

निर्वाचन प्रणालीले वाक्क दिक्क बनायो : प्रचण्ड

अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३० गते १९:५४

३० जेठ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले वाक्क दिक्क बनाएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रले बर्दियामा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणाली फेर्नुपर्ने धारणा राखे ।

‘यो निर्वाचन प्रणाली फेर्नुपर्छ,’ प्रशिक्षणमा प्रचण्डको भनाइ थियो, ‘यो निर्वाचन प्रणालीमा गरिब, दुखी र सर्वहारा वर्गका नेता कार्यकर्ता कहिले पनि चुनाव जित्न नसक्ने भए । जसको बलबुता छ । जसको पैसा छ । जो नेताको वरिपरि घुम्छ, उसले टिकट पाउने जित्ने दिन भोलिका दिनमा नआओस् ।’

यो निर्वाचन प्रणालीबाट अन्य दल पनि वाक्क दिक्क भइसकेको प्रचण्डको भनाइ थियो । उनको भनाइ छ, ‘यो निर्वाचन प्रणालीले वाक्क दिक्क भएको महसुस अरु दलले पनि गरेका छन् । हामीले पनि गरेका छौं ।’

कार्यक्रममा प्रचण्डले माओवादी पहिलेको भन्दा ठूलो शक्ति बन्ने हिसाबले चुनावको तयारी गरिरहेको बताएका थिए ।

अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने

कार्यक्रममा माओवादी केन्द्रका पालिका कमिटीका अध्यक्षले स्थानीय तहको चुनावमा व्यापक अन्तर्घात बर्दियमा नराम्रो पराजय व्यहोर्नुपरेको रिपोर्टिङ प्रचण्डसमक्ष गरेका थिए ।

उनीहरुको रिपोर्टिङ सुनेपछि प्रचण्डले केन्द्रीय तहकै नेताहरुका कारण गुट उपगुट केन्द्रीय नेताहरुकै कारण बनेको सुनाएका थिए । ‘गुट उपगुट तपाईंहरु भन्दा पनि केन्द्रीय तहकै नेताहरुबाट तल आएको हो । म माथि नै कन्ट्रोल गर्छु,’ उनको भनाइ थियो ।

आगामी असार १५ मा बस्ने केन्द्रीय समिति बैठकबाट अन्तर्घात गर्नेहरुलाई कारवाही गर्ने निर्णय हुने प्रचण्डले आश्वासन दिए । ‘अबको केन्द्रीय समितिको बैठकबाट कारवाहीको प्रक्रिया अगाडि बढाइन्छ’, उनले भनेका थिए, ‘माफ नै नदिने खालको रहेछ भने कारवाही पनि गरिने छ । यो कुरा नेताहरुले पनि बुझिराख्दा हुन्छ ।’

प्रचण्डले अगाडि भने, ‘तपाईंहरुले आरोप लगाए जस्तै हुबहु कारवाही गर्ने कुरा पनि हुँदैन । यसको विशेष अनुसन्धान पनि गरिन्छ । दोषी देखिए कारवाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?