+
+

फुटबलमा पाँच खेलाडी परिवर्तनकाे नियम स्थायी रुपमा लागू

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३१ गते १३:२५

३१ जेठ, काठमाडौं । कोरोना महामारीपछि प्रयोगमा आएको फुटबल खेलमा पाँच खेलाडी परिवर्तन गर्न पाउने नियम अब स्थायी रुपमै लागू हुने भएको छ ।

कोरोनाका बेला विश्वभरका फुटबल खेलहरुमा ५ खेलाडी परिवर्तन गरिन थालेको थियो । विश्व फुटबल समुदायबाट त्यसको समर्थन भएको फिफाको अध्यक्ष जियानी इन्फान्टिनोले बताए । त्यसअघि एक खेलमा ३ जना मात्र परिवर्तन गर्ने व्यवस्था थियो ।

अन्तर्राष्ट्रिय फुटबल एशाेसिएसन बोर्ड (आईएफएबी) ले पाँच खेलाडी परिवर्तनको नियमलाई स्थायी रुपमा मान्यता दिएको हो ।

कतारको दोहामा भएको १३६औं वार्षिक साधारण सभाबाट आईएफवीले उक्त निर्णयलाई मान्यता दिएको हो ।

कोभिड-१९ महामारीको समयमा खेलाडीको सुरक्षाका लागि फिफाले मे २०२० मा अस्थायी रुपमा यो व्यवस्था लागू गरेको थियो । त्यसपछि यो ठूला खेल प्रतियोगिताहरुमा समेत लागु हुँदै आएको छ ।

स्थायी रुपमा पाँच खेलाडी परिवर्तन गर्ने नियम आगामी १ जुलाई देखि लागू हुने फिफाले जनाएको छ ।

यस्तै फिफाले नोभेम्बर-डिसेम्बरमा कतार आयोजना हुने फिफा विश्वकपबाट सेमि-अटोमेटेड अफसाइड टेक्नोलोजी प्रयोगमा ल्याउने तयारी गरेको छ ।

पिफा अध्यक्ष इन्फान्टिनोले आईएफएबीको वार्षिक बैठकपछि विश्वकपमा सेमी-अटोमेटिक अफसाइड टेक्नोलोजी प्रयोग गर्ने कि नगर्ने भन्ने विषयमा विज्ञहरूले निर्णय गर्ने बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?