+
+

बिहेअघि राज र सुनिशाको रोमान्टिक ब्याचलर पार्टी 

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते ११:५६

काठमाडौं । टेलिभिजन सिरिज ‘तीतो सत्य’ फेम्ड अभिनेता राज आचार्य र ‘इन्टुमिन्टु लण्डनमा’ अभिनेत्री सुनिशा बजगाईं असार ७ गते विवाह बन्धनमा बाँधिदैछन् ।

विवाह कार्यक्रमअघि उनीहरुले बुधबार बेलुका काठमाडौंको एक रेस्टुरेन्टमा निकट साथीभाइको उपस्थितिमा ब्याचलर पार्टी आयोजना गरे । निकट कलाकार पनि उक्त अवसरमा उपस्थित थिए ।

ब्याचलर पार्टीमा राज र सुनिशा रोमान्टिक देखिएका छन् । केक काट्नेदेखि भोजसम्मको व्यवस्था उक्त पार्टीमा थियो । राजले उक्त मेसोमा केही सांगीतिक प्रस्तुति पनि दिएका थिए ।

दुवै जनाले नयाँ जीवनको सुरुवात गर्न लागेको भन्दै खुसी समेत बाँडेका छन् । राज र सुनिशा दुवै जना डेढ वर्षदेखि प्रेम सम्बन्धमा छन् ।

तस्वीरहरु

तस्वीर सौजन्य : भीआईपी रेस्टुरेन्ट लाउन्ज एण्ड बारबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?