+
+

कुवेतबाट फर्किएपछि कप्तान नवयुगले भने : प्रशिक्षकको व्यवहार चित्तबुझ्दो थिएन

अनलाइनखबर अनलाइनखबर
२०७९ असार २ गते १७:४४

२ असार, काठमाडौं । नेपाली फुटबल टिमका कप्तान नवयुग श्रेष्ठले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको खेलाडीप्रतिको व्यवहार चित्त बुझ्दो नभएको बताएका छन् ।

कुवेतमा भएको एसियन कप छनोट खेलेर फर्किएपछि कप्तान नवयुगले खेलाडी र प्रशिक्षकबीचको विवादबारे बोलेका हुन् ।

उनले भने, ‘खेलाडी आफैंले होटल छोडेर गएका होइनन् । प्रशिक्षकले होटल छोडेर जान सक्छौं भने पछि उनीहरु निस्किएका हुन् । खेलाडीप्रति प्रशिक्षकले गरेको व्यवहार चित्त बुझ्दो थिएन ।’

प्रशिक्षकसँगको विवादपछि १० खेलाडीले बन्द प्रशिक्षण छाडेका थिए, त्यतिबेला नै खेलाडीको पक्षमा बोलेका गोलकिपर किरण चेम्जोङलाई पनि अलमुताइरीले टिममा राखेनन् । उनी नयाँ खेलाडी लिएर कुवेत गएका थिए । जसमा नवयुग श्रेष्ठले कप्तानको जिम्मेवारी पाएका हुन् ।

पुराना खेलाडीको अभाव खड्कियो

नयाँ खेलाडीले राम्रो खेले पनि पुराना खेलाडीको अभाव टिममा खड्किएको कप्तान नवयुगले बताए । उनले भने, ‘नयाँ भएका खेलाडी राम्रो खेले पनि टिममा भइ रहेका खेलाडी टिममा नहुँदा फरक महसुस भएको थियो ।’

प्राय खेलाडी नयाँ भएकाकारण टिममा सुरुमा असहजता भए पनि पछि राम्रो समझदारीमा खेलेको उनले बताए । ‘सुरुसुरुमा केही असहज भएको थियो । नयाँ आएका भाइहरु सुरुमा खेल्न डराएको जस्तो, अप्ठ्यारो भएको जस्तो गरेका थिए । तर प्रशिक्षण पछि टिममा राम्रै समझदारी आएको थियो ।’

बलिया प्रतिस्पर्धीलाई जितेर क्वालिफाइ हुन नसके पनि अनुभवी खेलाडी भएकव् भए प्रदर्शनमा भने फरक पर्न सक्ने अनुभव गरेको उनले बताए । ‘ प्रतिस्पर्धी पनि बलिया थिए । तर पनि केही फरक हुन्थ्यो कि भन्ने चाहिं लागेको थियो ।’

अहिले प्रशिक्षक अब्दुल्लाह अलमुताइरी विरामी बिदामा रहेको र अब नेपाल आउने नआउनेबारे आफूलाई थाहा नभएको कप्तान नवयुगले बताए । भने, ‘प्रशिक्षक आउने नआउने एन्फासँग सम्बन्धित विषय हो । हामीलाई केही भन्नु भएको छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?