+
+
WC Series
विराटनगर किंग्स 2025
94/10 (17.5)
VS
Lumbini Lions won by 40 runs
Won लुम्बिनी लायन्स 2025
134/8 (20)
Shares

माधव नेपालले बैठक रोकेपछि युवा संघमा असन्तुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ३ गते १३:१०

३ असार, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालको बैठक रोक्न पार्टी अध्यक्ष माधवकुमार नेपालले निर्देशन दिएपछि असन्तुष्टि उत्पन्न भएको छ।

युवा संघ नेपालको असार ३ र ४ गते बस्ने गरि तय भएको पदाधिकारी बैठक रोक्न नेपालले निर्देशन दिएपछि युवा संघका नेताहरु रुष्ट भएका छन्।

बैठक रोक्न पार्टीले लिखित सुर्कलर पठाएपछि संघका महासचिव दीपक जिएमले पार्टीका अध्यक्ष माधव नेपाल, सम्मानित नेताहरु झलनाथ खनाल, महासचिव बेदुराम भुसाल र उपमहासचिव विजय पौडेल लगायतको बोदार्थसहित बैठक रोकेका छन्।

युवा संघको बैठक रोकिएपछि सम्मानित नेता झलनाथ खनालले संघका नेतारुलाई भेटेर यसबारे आफूले पार्टी अध्यक्ष नेपालसँग कुरा गर्ने आश्वासन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?