News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्ने जानकारी गराए।
- नेपालले निर्वाचन परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड दिए।
- नेपालले कम्युनिष्टहरूले २००७ सालदेखि राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका खेलेको र एकीकृत पार्टीको रुपमा अगाडि बढ्नुपर्ने बताए।
२८ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीको संगठनात्मक एकीकरणको बाँकी काम एक हप्ताभित्रै सम्पन्न गर्नेगरी पहल भइरहेको जानकारी गराएका छन् ।
अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सम्पर्क समन्वय प्रदेश कमिटीद्वारा नयाँ वर्षको उपलक्ष्यमा आयोजित क्यालेण्डर विमोचन कार्यक्रममा बोल्दै उनले त्यसबारे जानकारी गराएका हुन् ।
नेपालले निर्वाचनको परिणाम अपेक्षाविपरित आएको स्वीकार गर्दै त्यसको गम्भीर समीक्षा हुनुपर्नेमा जोड पनि दिए । साथै, निर्वाचनमा कार्यकर्ताहरूको सक्रियता र इमान्नदारितामाथि प्रश्न उठाउँदै आत्ममन्थन गर्न उनको आग्रह थियो ।
‘केन्द्रीय संयोजन कमिटी ४५ सदस्यीय छ । र त्यो कमिटीले अब सात दिनसम्म बैठक बसेर छलफलहरू गरेर आफ्ना धारणाहरू यसका सदस्यहरूले नेता कमरेडहरूले प्रश्तुत गर्नुभएको छ,’ उनले भने, ‘उहाँले राष्ट्रिय समस्याको बारेमा, देशले भोग्नुपरेको समस्याको बारेमा, राजनीतिले भोग्नु परेको संकटको बारेमा, कम्युनिष्ट आन्दोलनले सामना गर्नुपर्ने समस्याको बारेमा, लोकतान्त्रिक आन्दोलनले सामना गर्नुपर्ने समस्याहरूको बारेमा पनि आफ्नो विचार धारणाहरू राख्नुभएको छ । ती सबै विचार धारणाहरूको हामी मन्थन गर्नेछौँ र एउटा निष्कर्षमा हामी पुग्न गइरहेका छाँै ’
नेपालको राजनीतिमा कम्युनिष्टहरूले २००७ सालदेखि नै महत्वपूर्ण भुमिका खेलेको स्मरण गर्दै उनले कम्युनिष्टहरू नै सच्चा देशभक्त भएको दाबी गरे ।
‘हामीले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण भूमिका पनि खेलेका छौँ । यस अर्थमा अब यो एकताको भावना लिएर एकीकृत पार्टीको रुपमा अगाडि बढ्ने गरी हामी तपाई सबै अगाडि बढ्नुपर्छ । अहिले हामीले भन्ने गरेका छौं २६ वटा घटकहरू। २६ वटा घटकहरू विभिन्न तहमा हुनुहोला महिलाहरूको माझमा पनि हुनुहोला,’ नेपालले भनेका छन् ।
प्रतिक्रिया 4