+
+

खेलाडी र फुटबल विकासका लागि मेराे उम्मेदवारी : कुमार कटुवाल

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ४ गते १५:४४

४ असार, काठमाडौं । पूर्व खेलाडी तगा प्रशिक्षक कुमार कटुवालले खेलाडी र फुटबल खेलकाे विकासका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय सदस्यमा उम्मेदवारी दिएकाे बताएका छन् ।

यही असार ६ गते हुने एन्फा निर्वाचनका लागि राष्ट्रिय महिला टिमका पूर्वप्रशिक्षक समेत रहेका कटुवालले स्वतन्त्र रुपमा उम्मेदवारी दिएकाे शनिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिए ।

उनले दुई समूह प्यानल नै बनाएर निर्वाचनमा उत्रिएका बेला पछिल्लो समय नेपाली फुटबलकाे स्तर खस्किँदै गएको र यसलाई उकास्नु पर्ने भन्दै आफूले उम्मेदवारी दिएको बताए ।

‘नेपाली फुटबल पछिल्लो समय खस्किदै गएको छ । यसलाई उकास्न र खेलाडीहरुको हकहित, अधिकार सेवा सुविधा सुनिश्चित गर्न मैले उम्मेदवारी दिएको हुँ । म सदस्य भएमा मैले पाउने भत्ता र अन्य सुविधा केही लिने छैन,’ उनले भने । आफूले ३२ वर्ष राष्ट्रिय खेलकुद परिषदकाे प्रशिक्षक रहेर एक वर्ष अघि छाडेकाे भन्दै कटवालले आफूले बुझेका कुरा सेयर गर्ने बताए ।

उनले सबैसंग सल्लाह गरेर उम्मेदवारी दिएकाे र सबैले सहयाेग गर्ने आश्वासन पाएकाे बताए । आफूले जितेमा भ्रष्टाचार विरुद्ध लड्ने बताए । कटुवालले खेलाडी र क्लबकाे हितका लागि फुटबल विकासका लागि आफ्नाे उम्मेदवारी रहेकाे बताए ।

कटुवालले २०४५ सालदेखि २०७७ सालसम्म राष्ट्रिय खेलकुद परिषद (राखेप) को प्रशिक्षकको रुपमा काम गरेका थिए । कटुवालले नेपाली राष्ट्रिय महिला टिमको प्रशिक्षण पनि सम्हालेका थिए । कटुवालले ब्वाइज युनियन, थ्री स्टार, नेपाल पुलिस क्लबको प्रशिक्षण सम्हालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?