+
+

काठमाडौंमा ‘एम्फी थिएटर’ बनाउने महानगरको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १७:५८

५ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘एम्फी थिएटर’ निर्माण गर्ने भएको छ ।
आइतबार महानगरको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन (बालेन्द्र) साहले काठमाडौंमा ‘एमफी थिएटर’ निर्माण गर्ने घोषणा गरेका हुन् ।

सार्वजनिक नीति तथा कार्यक्रममा भनिएको छ, ‘कला क्षेत्रलाई प्रबर्द्धन गर्नका लागि काठमाडौं महानगर क्षेत्र भित्रका डबलीहरुको पुनर्स्थापना र एम्फी थियटर निर्माण गरिनेछ ।’

यस्तै नीति तथा कार्यक्रममा विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति, बौद्ध, स्वयम्भु र बसन्तपुर क्षेत्रको संरक्षण गरिने, स्वयम्भु र बौद्धको व्यवस्थापन काठमाडौं महानगरपालिका अन्तर्गत ल्याउन पहल गरिने उल्लेख छ ।

महानगर क्षेत्र भित्र मनाइने जात्रा, पर्व, मेला, पूजा, परम्परागत जीवन शैली एवं अन्य सांस्कृतिक सम्पदाहरुको मुख्य परिचयात्मक विवरण समेटी काठमाडौं महानगरको सांस्कृतिक प्रोफाइल तयार गरी प्रकाशित गर्ने नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?