+
+

‘लू’ को सूटिङ मंसिरदेखि

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ५ गते १८:४८

काठमाडौं । क्यारो फिल्म्सले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘लू’ को सुटिङ आगामी मंसिरदेखि सुरु हुने भएको छ ।

नयनराज पाण्डेद्वारा लिखित प्रसिद्ध उपन्यास ‘लू’ को अधिकार क्यारो फिल्म्सले केही समय अघि लिएको थियो ।

क्यारो फिल्म्सले हालै मात्र संगीत निर्देशकका रूपमा कालीप्रसाद बास्कोटालाई आबद्ध गरेको छ ।

‘लू’ चलचित्रका निर्माता निशा खरेल र कालीप्रसाद बास्कोटा बीच सम्झौतामा हस्ताक्षर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?