+
+

मिस नेपाल प्रियंकालाई बाजागाजासहित स्वागत (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ असार ६ गते १३:४५

काठमाडौं । मिस नेपाल वर्ल्ड प्रियंकारानी जोशीलाई जितको खुसीयालीमा परिवार र आफन्तले सोमबार बाजागाजासहित स्वागत गरेका छन् ।

लाजिम्पाटको र्‍याडिसन होटलदेखि भैंसेपाटीस्थित घरमा उनलाई झकिझकाउ गाडी र बाजागाजासहित लगिंदैछ । परिवारका सदस्य र आफन्तले र्‍याडिसन होटलमा पुगेर प्रियंकालाई बधाई दिए ।

र्‍याडिसनबाट उनलाई अनामनगरस्थित पुर्ख्यौली घरमा लगिएको थियो । लगत्तै उनी वसन्तपुरस्थित कुमारी घर पुगेकी थिइन् । त्यसपछि उनलाई भैंसेपाटीस्थित घरमा लैजाने कार्यक्रम छ ।

‘छोरीको जितको खुसीलाई सेलिब्रेसन गर्न बाजागाजसहित स्वागत गर्न लागेका हौं,’ प्रियंकाका बुवा राजीवराज जोशीले अनलाइनखबरलाई भने, ‘घरमा पनि बाजागाजासहित भित्र्याउनेछौं ।’

र्‍याडिसनदेखि राष्ट्रिय झण्डासहित प्रियंकालाई अनामनगर, वसन्तपुर र भैंसेपाटी लगिएको छ । शनिबार २४ जना प्रतिस्पर्धीलाई उछिन्दै मोडल समेत रहेकी प्रियंकाले उपाधि जितेकी थिइन् ।

आयोजक संस्था द हिडन ट्रेजरले आइतबार बेलुका र्‍याडिसनमै कोरोनेसन नाइट रिसेप्सन आयोजना गरेको थियो । अबेरसम्म कार्यक्रम भएकाले प्रियंका होटलमै बसेकी थिइन् । मिस नेपाल जितेपछि उनी सोमबार बल्ल घर जान लागेकी हुन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?