
६ असार, काठमाडौं । भारतको हिमाञ्चल प्रदेशमा केबलकार बिग्रिएपछि १५ जना पर्यटक अड्किएका छन् । उनीहरुको उद्धारको काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिमाञ्चल प्रदेशको बरबानु भन्ने स्थानमा रहेको टीम्बर ट्रेलमा खराबी आएपछि केबरकारमा सवार पर्यटक अड्किएका हुन् । अहिलेसम्म ९ जनाको उद्धार भइसकेको र बाँकीको उद्धारको काम जारी रहेको समाचारमा उल्लेख छ ।
#WATCH | Himachal Pradesh: Rescue operation underway at Parwanoo Timber Trail where a cable car trolly with tourists is stuck mid-air.
2 people have been rescued, 9 are still stranded. NDRF team shortly to reach the spot: Dhanbir Thakur, SDM Kasauli pic.twitter.com/gygYHK0II0
— ANI (@ANI) June 20, 2022
सोमबार साढे १ बजे केबलकार अड्किएको थियो । उनीहरुलाई रेस्क्यू ट्रली पठाएर उद्धारको काम भइरहेको छ ।
सो केबलकारमा यसअघि सन १९९२ मा समेत यस्तै घटना भएको थियो । सो समयमा १० जना मानिसलाई उद्धार गर्न ३ दिनको समय लागेको थियो । त्यसक्रममा एक जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया 4